हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोडमा चिया पसलमा आगलागी, दुई लाख बराबरको क्षति

झापा, भदौ २ । झापा जिल्लाको बिर्तामोड नगरपालिका–६ बुट्टावारीमा रहेको एक चिया पसलमा गएराति आगलागी भएको छ।

Advertisement

स्थानीय लाल ब. तामाङले सञ्चालन गरेको बाँस र काठले बनेको टिन छानो भएको पसलमा राति करिब ११:५५ बजे अचानक आगलागी भएको हो। विद्युतिय चुलोमा तार सर्ट हुँदा आगो सल्किएको अनुमान गरिएको छ।

Advertisement

आगलागीबाट पसलभित्र रहेका काठ र प्लास्टिकका टेबल, फ्रिज, तथा किचनका अन्य सामग्री जलेर करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। मानवीय  क्षति भने नभएको प्रहरीले जनाएको छ।

स्थानियबासी, प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो राति १२:२५ बजे नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सांकेतिक तस्बिर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)