हल्दिबारी डटकम
Hover Ad Article
कविता
हल्दिबारी संवाददाता ११ महिना अगाडि

गीत :”चेलीको वेदना”

यसपालिको तीजमा मत माइत जान पाइन।
कोरनाले गर्दा खेरि माइत गइन।।
भाइ लिन आउछु भन्थ्यो लक डाउनले आएन ।
किन किन मेरो मनै रुन्छ बरिलै।।

Advertisement

नन्द भाउजू सब मिली डस्छ्न् सधैं मलाई।
माइती नै लिन नआएछी रोए बरिलै।।
दाजु घरमा हुदाखेरी आइस्यो गइस्यो भन्छन।
सासू पनि आफ्नै छोरी सग बोल्छिन।।

Advertisement

सासू भन्छिन् तेरा माइती गरीबछन् लिन आउदैनन् ।
पैसा छैनन् कहिले पनि तिज मान्दैनन्।।
माइत जान आफूले नि दुई चुल्ठो बाटेकी।
सासू भछिन् तेरा माइती आउनन् बरिलै।।

आमा सँग पोख्न पाइन् मनभित्रको वेदना।
नन्द आमजु सब मिलि हेप्छ्न बरिलै ।।
उता ज्वाइ पनि सधैं मसग नै रिसौनि ।
यस पालिको दशै नै हो भारी बिसौनी ।।

दशै सम्म लक डाउन नै होला जस्तो छाटछ ।
अभागीको कर्मै फुट्यो हेर बरिलै।।
छाती भरी बोकेकिछु वेदना नै वेदना ।।
बर्षा झैँ आँसु झर्‍यो किन बरिलै।।

जान्न आमा घर भन्दा माइतीलाई नै पीर हुने।
छोरी माइती बस्दा खेरि शत्रु नै हासने।।
माइतीले तेस्तो भन्दा रुन्छ मेरो नै मन ।
छोरिको नै कर्मै रैछ खोटी बरिलै।।

यस् पालिको तीजमा भाइ लिन आउछ आगनीमा।
बाटो हेरि बसेकीछु मत बरिलै।।
माइलो भाइ बिदेश बाट तिहार मान्न आउदैछ।
दिदी तिम्लाइ के के ल्याइदिउ भन्छ बरिलै।।

मैले भने खुसी छु म केहि चाहिदैन मलाई।
बुहारी र आमालाई नै ल्याइदेउ बरिलै।।
माइतीको माया पाए सुक्छ्न् मेरा नै आँसु ।
केहि चाहिन्न माया भए पुग्छ बरिलै।।

दु:ख पाए आमा मैले पढ्न नपाएर पहिले।
भाउजू बुहारी पढौनु है आमा अहिले ।।
पढेपछि जागिर खान्छन् चलाउछन् है घर्बार।
सन्ततिले सुखै पाउछन् पढाउ बरिलै।।

आफूले त पढ्न पाइन् अङ्ग्रेजीमा भन्दो रैछ वाटर।
नबुझेर लगि दिए काचो कटर।।
पढेरै त महिला पनि रास्ट्रपति भइन।
बन्द होलान् हिंसा हत्या अब बरिलै।
धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)