हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापाको कन्काईमा पिकअप र मारुती भ्यान ठोक्किँदा एकजनाको मृत्यु

झापा, २०८२ भदौ ११ गते । झापाको कन्काई नगरपालिका–८, बिरीङ पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा शनिबार राति पिकअप र मारुती भ्यान एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

Advertisement

मिति २०८२ भदौ १० गते साँझ ८:४० बजे सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट जाँदै गरेको मे १ च ३४४० नम्बरको मारुती भ्यान ठोक्किँदा भ्यान चालक, शिवसताक्षी नगरपालिका–७ निवासी २९ वर्षीय नवराज बाँस्कोटा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी बिएण्डसी अस्पताल, बिर्तामोड पुर्‍याइए पनि अस्पताल पुगे लगत्तै चिकित्सकले मृत घोषणा गरेका छन्।

Advertisement

उक्त भ्यानमा सवार सोही स्थानका ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया श्रीमती पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र ९ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन्। उनीहरुको शरीरका विभिन्न भागमा चोट लागे पनि अवस्था सामान्य रहेको र बिएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न पिकअप चालक, धनकुटा महालक्ष्मी नगरपालिका–८ निवासी २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले नियन्त्रणमा लिएको छ। दुवै सवारीसाधन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)