झापा । घरेलु हिंसा र जेष्ठ नागरिकमाथि हुने हिंसाविरुद्ध सचेतना फैलाउने उद्देश्यले झापाको कचनकवल गाउँपालिका–४ केचना बजारमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

भाद्र १३ गते दिउँसो इलाका प्रहरी कार्यालय केचनाको टोलीले करिब दुई दर्जन स्थानीयलाई भेला गराएर सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो।

प्रहरी नायब निरीक्षक जुलुम कुमार चौधरीको नेतृत्वमा भएको कार्यक्रममा सहभागीहरूलाई घरेलु हिंसा रोकथाम, जेष्ठ नागरिकको सम्मान र तिनका हकहितबारे विस्तृत जानकारी दिइएको थियो।

प्रहरीका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत निरन्तररुपमा यस्ता सचेतनामूलक गतिविधि सञ्चालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार