हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता १० महिना अगाडि

चिया श्रमिकको तलब बढ्यो, अब मासिक १५ हजार ६९९

हल्दीबारी, झापा। नेपाल चिया उत्पादक सङ्घ र श्रमिकका ट्रेड युनियनबीच लामो वार्तापछि चिया मजदुरको तलब बढाउने सहमति भएको छ।

Advertisement

नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईका अनुसार नवौँ चरणको वार्तापछि रोजगारदाता र श्रमिक प्रतिनिधिबीच नयाँ पारिश्रमिकबारे सम्झौता भएको हो।

Advertisement

सम्झौताअनुसार अब चिया श्रमिकले दैनिकतर्फ न्यूनतम पाँच सय ६५ रुपैयाँ पाउनेछन्। मासिक तलब भने १५ हजार ६९९ रुपैयाँ तोकिएको छ।

यसअघि उनीहरूले दैनिक पाँच सय रुपैयाँ र मासिक १३ हजार आठ सय ९३ रुपैयाँ पाउँदै आएका थिए।

पारिश्रमिक हरेक दुई वर्षमा वृद्धि गर्ने पुरानो सहमतिअनुसार दुवै पक्ष नयाँ दरमा सहमत भएको बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)