हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

सूचीकरण नभएका सामाजिक सञ्जालमाथि नेपाल सरकारको प्रतिबन्ध

हल्दिबारी। सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ। सञ्चार मन्त्रालयले तोकिएको समयसीमाभित्र सूचीकरणमा नआएका प्लेटफर्महरूलाई नेपाल दूरसञ्चार प्राधिकरणमार्फत निष्क्रिय गर्न निर्देशन दिएको छ।

Advertisement

सर्वोच्च अदालतले अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूको सञ्चालनपूर्व सूचीकरण र अनुगमन अनिवार्य गर्ने आदेश दिएपछि सरकारले यो कदम चाल्यो।

Advertisement

हालसम्म टिकटक, भाइबर, विटक, निम्बज, पोपो लाइभ सूचीकरण भइसकेका छन्। टेलिग्राम र ग्लोबल डायरीले पनि आवेदन दिएका छन्। तर, मेटा, अल्फाबेट, एक्स, रेडिट, लिंक्डइन जस्ता ठूला प्लेटफर्महरूले हालसम्म आवेदन दिएका छैनन्।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय गरिनेछ। सूचीकरण प्रक्रियामा आउँदा ती प्लेटफर्महरू पुनः सक्रिय हुनेछन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)