देशको मुहार फेर्नलाई तिमीले किन नेतृत्व लिन सकेनौ ?
युवा शक्ति थिएन भने किन देशमा आगो लगायौ ?
बालेन खै किन हो पछि हट्ने बनायौ
रविलाई त कुवाबाट झिकेर कुवामै पसायौ
हर्कले युवा शक्ति नेपालमै मेसिन र्झैं बनाउँछन् भनेर होला
तिमी धरान नछोड भन्यौ
सुशीला त वृद्ध महिला परिन कसलाई प्रधानमन्त्री बनाउँछौ युवा ?
तिमी त भर्खर हुर्कदै गरेका
ज्ञान र दर्शनको कमी भएका
हावा हुन्डरीले रोक्न नसक्ने
आक्रोश बोकेका बालक जस्तै रहेछौ ।
मोबाइलमा निहुरिएरै होला
वृद्ध र अभिभावको आदर , सम्मान अनि देशको माया भुलेछौ
ए जेन्जी युवा
तिमीलाई त आज छिमेकीहरू अनाथ भन्न थालिसके
आक्रोशले गर्दा देश जलायौ
दन दन बलेको आगो अझ निभेको छैन।
जिउँदै जलेका लासहरू चिनिएको छैन।
क्षणभरमै इतिहास मेटाएर विश्वलाई चकित तुल्यायौ
प्रधानमन्त्री छान्दा छान्दै रमिता देखायौ
ए जेन्जी युवा,
तिमी त आफू सक्षम नभई अरुको भरोसा पो गर्दा रहेछौ
यो कस्तो चाल हो
प्रधानमन्त्री छान्नमै एक अर्कामा लड्दा पो रहेछौ ।
मौका पर्दा युवाहरू नै लुट्न थाल्दा रहेछौ
देशको सम्पदा खरानी बनाए पनि भाषा ‘ संस्कार र संस्कृति जलाएका छैनौ
त्यसैले ढुक्क छ सबैलाई
अब भन त जेन्जी युवा कसरी तिमी देशको मुहार फेर्न थाल्नेछौ ?
शान्ता उप्रेती
हल्दीबारी -१
















