अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज लिला तिवारी पौडेलले जितेकी छिन्। सेप्टेम्बर १३ मा सम्पन्न फाइनल कार्यक्रममा उनले आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक र दर्शकलाई मोहित पार्दै विजेता बनेकी हुन्।

ताजसँगै पौडेलले “एलीगेन्ट वाक” उपाधि, एक हजार अष्ट्रेलियन डलर नगद, नेपालस्थित लेट मी इन कोरियन हस्पिटलबाट ५० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर, तथा अन्य उपहारहरू प्राप्त गरिन्।

प्रतियोगिताको पहिलो रनर–अप सिवानी कट्टेल घोषित भइन्। उनले “कन्फिडेन्स” उपाधिसहित ६ सय अष्ट्रेलियन डलर नगद र ३० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरिन्। दोस्रो रनर–अप आश्मा चालिसे रहिन्, जसले “ग्रेसफुल डीभा” उपाधि जितिन्। उनलाई ४ सय अष्ट्रेलियन डलर र २० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

बुटवलकी रहिवासी लिला तिवारी पौडेल हाल मेलबर्नको मिकलह्याममा बसोबास गर्छिन्। पेशाले नर्स रहेकी उनले आफ्नो पेशाप्रति गहिरो रुचि राख्छिन्। पेशागत जीवनसँगै उनलाई यात्रा गर्ने विशेष रुचि छ।

यस प्रतियोगितामा अष्ट्रेलियामा बसोबास गर्ने चौध जना विवाहित नेपाली महिलाहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगीहरूलाई बोल्ड एण्ड ब्युटी, इन्टेलेक्चुअल, कन्जेनियलिटी, सोशल इम्प्याक्ट, हर्ट अफ गोल्ड, मिसेस पोइज, ट्यालेन्ट, डिसिप्लिन, फोटोजेनिक, बेस्ट एटिच्युड र फेशनिष्टा जस्ता उपाधिहरू प्रदान गरिएको थियो।

कार्यक्रमलाई फेसन कोरियोग्राफर रोजिन शाक्यले मार्गदर्शन र सञ्चालन गरेका थिए। निर्णायक मण्डलमा कलाकार प्रकृति श्रेष्ठ, मिस नेपाल अर्थ २०११ अनुपमा अरा गुरुङसहित पाँच जना व्यक्तित्वहरूको उपस्थिति थियो।

हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अष्ट्रेलियाले आयोजना गरेको यस प्रतियोगितालाई मिरेकल माइग्रेशन एण्ड एजुकेशनले प्रस्तुत गरेको थियो।

मिसेस नेपाल अष्ट्रेलिया २०२५ साँचिकै एक ऐतिहासिक उपलब्धि सावित भएको छ, जसले विवाहित नेपाली महिलाको क्षमता, आत्मविश्वास र सौन्दर्य मात्र नभई नेपालका संस्कृति र पहिचानलाई पनि अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार