झापा, बिर्तामोड – धौलागिरी पारिजात बहुउद्देश्य सहकारी संस्थाले आफ्ना सक्रिय शेयर सदस्यहरुलाई निःशुल्क बिउ वितरण गरेको छ।

संस्थाका अध्यक्ष किशोर भट्टराईका अनुसार, ५००० रुपैयाँभन्दा माथि सेयर रकम राख्ने सदस्यले धौलागिरी सजिलो मल र साग सब्जीको बिउ पाएका छन्।

धौलागिरीका करिब १३ हजार सेयर सदस्य रहेका छन्। आर्थिक वर्ष २०८०/८१ मा पनि संस्थाले १४८४ जनालाई रायो, धनियामुला, सिमी लगायतका बिउ वितरण गरेको थियो।