कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत-११ गतेदेखि घोषणा गरेको लकडाउनको कारणले अन्तर जिल्लामा अध्ययन, रोजगारी लगायत विभिन्न कामको सिलसिलामा गई हाल उतै रहेका नागरिकहरुलाई झापाका स्थानीय तहहरुले गाउँ फर्काउन सुरु गरेका छन् ।हल्दीबारी गाउँपालिका घर भई भक्तपुरको इटाभट्टामा काम गर्ने १८  जना मजदुरहरु( ३ जना उनिहरुका बच्चा ) लाई  हल्दीबारी ल्याइएको गाउँपालिकाका प्रवक्ता एवंम् क्वारेन्टाइन संचालन तथा व्यवस्थापन समितिका संयोजक सागर पोर्तेलले जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकाको भक्तपुर इट्टा फ्याक्ट्रीमा काम गर्ने उनीहरुलाई गाउँपालिकाका उपाध्यक्ष डम्बर बहादुर गिरी तथा हल्दिवारी डटकमका प्रधान सम्पादकको समन्वयमा गाउँपालिकासम्म ल्याउने वातावरण बनाइएको हो । उनीहरुसंगै बार्हदशी गाउँपालिका वडा न.३ का २ जना समेत संगै आएका  थिए ।

निजहरुलाई गाउँपालिकाका प्रवक्ता सागर पोर्तेल, स्थानीय सञ्चारकर्मी र स्थानीय प्रहरीहरु समेतको टोलीले विर्तामोडबाट रिसिभ गरि गाउँपालिकाको क्वारेन्टाइनमा ल्याएर स्वास्थ्य जाँच गरिएको थियो ।

स्वास्थ्य जाँच गर्दा सबैको अवस्था सामान्य रहेकोले निजहरुलाई सेल्फ क्वारेन्टाइनमा वस्नको लागि क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरु सहित क्वारेन्टाइन संचालन तथा व्यवस्थापन समितिले कबुलियतनामा गराएर घर पठाउने व्यवस्था मिलाइएको स्वास्थ्य साखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए।

साथै, निजहरुको नियमित स्वास्थ्य परिक्षणका लागि वडा-वडाका स्वास्थ्य चौकी मार्फत स्वास्थ्यकर्मीहरुलाई परिचालन गरेर स्वास्थ्य अवस्थाको अपडेट लिने र जटिलता आएको खण्डमा तुरुन्त गाउँपालिकाको क्वारेन्टाइनमा ल्याई राखिने समेत गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले बताए ।

लकडाउनको समयावधि बढेसंगै काठमाडौं उपत्यकामा रहेर दैनिक जीविकोपार्जनमा कठिनाई भोगिरहेका गाउँपालिकाका बासिन्दाहरुलाई घर फर्काउनका लागि आवश्यक पहल भइरहेको उपाध्यक्ष डम्बर गिरीले जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकामा रहेका गाउँपालिकाका बासिन्दाहरुको तथ्यांक संकलन भइरहेको र तथ्यांक प्राप्त भइसके पश्चात् सो सम्बन्धमा गाउँ कार्यपालिकाबाट निर्णय गरि थप पहल गरिने समेत उपाध्यक्ष गिरीले बताए ।

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार