झापा, बिर्तामोड — वर्षासँगै परेको चट्याङमा परेर बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको छ।
स्थानीयवासीका अनुसार, आज बिहान करिब ११ बजे बाख्रा लिन जाँदै गर्दा उनलाई चट्याङ लागेको थियो। घाइतेलाई उपचारका लागि बिर्ता सिटी अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको छ।
विज्ञापन (Advertisement)

मृतकका आफन्त अन्जु चौधरीले जानकारी दिइन् कि शव हाल सोही अस्पतालमा राखिएको छ। दिलकुमारीका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन्।
प्रहरी र स्थानीय स्वास्थ्य अधिकारी घटनास्थलमा अनुसन्धान गर्दै
छन्।