झापा । जिल्ला झापाको भद्रपुर नगरपालिका–४ तारानगरस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा चार वर्षीया बालिकाको ज्यान गएको छ।
मिति २०८२ असोज ८ गते साँझ ६:५५ बजे भद्रपुरबाट तारानगरतर्फ जाँदै गरेको प्र.१-०१-०१६ प ५४६४ नम्बरको मोसा गाडीले स्थानीय समिर रायमाझीकी छोरी इन्दु रायमाझीलाई ठक्कर दिएको थियो। खेल्ने क्रममा सडकमा पुगेकी बालिकालाई गाडीले ठक्कर दिंदा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर उनी घाइते भएकी थिइन्।
विज्ञापन (Advertisement)

घाइते इन्दुलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सि अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा मिति २०८२ असोज १७ गते बिहान ७:४० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।