झापाको दमकमा एकै परिवारका ३ जनामा कोरोना भाइरस जाँच गर्दा आरडीटी रिपोर्ट पोजेटिभ भेटिएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार एक जना व्यक्तिमा पोजेटिभ देखिएपछि उनको परिवारका सदस्यहरूलाई पनि जाँच गर्दा थप २ जनामा पनि आरडीटी पोजेटिभ देखिएको हो ।

सो लगत्तै सरकारी दमक अस्पतालमा सरोकारवालाहरूको बैठक बसेको थियो । ३ जनाकै स्वाब परीक्षणका लागि धरान पठाइएको र त्यो रिर्पोट आएपछि मात्र थप अघि बढ्ने त्यहाँ निर्णय भएको जनाइएको छ । यो आरडीटी अर्थात् प्रारम्भिक जाँच भएकाले अहिले नै डराउनु वा आत्तिनु नपर्ने भएकाले स्वाब परीक्षण रिर्पोटपछि थप रणनीति तय हुने नगर प्रमुख ओलीले बताए ।

तीन जनामा आरडीटी पोजेटिभ देखिएको हो, उनले भने ‘थप जाँचका लागि धरान पठाएका छौ र त्यो रिर्पोट भोलि सम्ममा आउला, । आरडीटी पोजेटिभ देखिएका व्यक्ति दुबईबाट एक महिना अघि आएका थिए । उनलाई सुरुमा कुनै पनि लक्षण देखा परेको थिएन । अहिले ज्वरो आएपछि उनी अस्पतालमा जाँच गराउन आउँदा आरडीटी पोजेटिभ देखिएको हो, सरकारी दमक अस्पताल श्रोतले भन्यो । साभार : टाइम्स अफ प्रदेश

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार