समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

इलाममा भूस्खलन: १८ जनाको मृत्यु, उद्धार कार्य जारी

इलाम । इलाम जिल्लामा गएको पहिरोले कम्तीमा १८ जनाको ज्यान लिएको छ। घटनास्थलमा प्रहरी र स्थानीय उद्धार टोलीले खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी राखेका छन्।

कोशी प्रदेश प्रहरीका प्रवक्ता दीपक पोख्रेलका अनुसार मृत्यु भएका व्यक्तिहरूको विवरण यस प्रकार छ:

विज्ञापन (Advertisement)Advertisement

सूर्योदय नगरपालिका-१, मानेभञ्ज्याङ: ५

माङसेवुङ गाउँपालिका-१, पाटिगाउँ: ३

देउमाई नगरपालिका-५, धारे: १

देउमाई नगरपालिका-५, धुसुने: २

फाकफोकथुम गाउँपालिका-३, रातमाटे: १

इलाम नगरपालिका-५, घोसगाउँ: ६

प्रहरीका अनुसार, अहिले पनि केही व्यक्तिहरू पहिरो मुनि फसेको आशंका गरिएको छ। घटनास्थलमा खोज तथा उद्धार कार्यलाई अझ तीव्र बनाउने प्रयास भइरहेकाले थप विवरण आउने सम्भावना रहेको छ।

स्थानीय प्रशासन र प्रहरीले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न र आकस्मिक राहत सामग्री वितरण गर्न थालेका छन्। हाइड्रोलोजी तथा मौसम विभागले जिल्लामा भारी वर्षाको चेतावनी जारी गर्दै सतर्क रहन अनुरोध गरेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)