समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

झापाको भद्रपुरमा एक पुरुष मृत अवस्थामा फेला

 

झापा । झापाको भद्रपुर नगरपालिका–३, भैसाबारीस्थित मेची खोलाको किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

विज्ञापन (Advertisement)Advertisement

प्रहरीका अनुसार आइतबार बिहान करिब ८:४० बजे नेपालतर्फको किनारमा अन्दाजी ४५ देखि ५० वर्ष उमेरका, पहाडी समुदायका जस्तो देखिने पुरुषको शव सडेको अवस्थामा भेटिएको हो।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुगेर आवश्यक प्रारम्भिक प्रक्रिया अगाडि बढाएको थियो भने शवलाई दिउँसो २:२० बजे पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

मृतकको पहिचान खुल्न बाँकी छ भने घटनाको कारण र अन्य विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)