समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

झापाको भद्रपुरमा अवैध पट्का र झिलिमिली बल्ब बरामद

झापा, भद्रपुर – भद्रपुर प्रहरीले गोप्य सूचनाका आधारमा भारतबाट भन्सार छलि नेपालतर्फ ल्याइँदै गरेको अवैध पट्का र झिलिमिली बल्ब बरामद गरेको छ।

असोज २५  राति १०:२५ बजे घटनास्थल पुगेको प्रहरी टोलीले चारवटा प्लास्टिकको बोरामा राखिएका सामान बरामद गरेको छ। फरार तस्करले छोडेको उक्त सामानको मूल्य करिब ४ लाख रुपैयाँ रहेको जनाइएको छ।

विज्ञापन (Advertisement)Advertisement

बरामद सामान भद्रपुर प्रहरी कार्यालयमा राखिएको छ र अनुसन्धान जारी  रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)