हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

विपिन जोशीको मृत्यु पुष्टि

झापा / तेल अविभ, १३ अक्टोबर २०२५ – इजरायली अधिकारीहरूले दुई वर्षअघि हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जीवित नभएको जानकारी औपचारिक रूपमा परिवारजनलाई दिएका छन्।

Advertisement

इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाका कमान्डरले आज अमेरिकामा रहेका उनकी आमा र बहिनी तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई यो जानकारी दिएका हुन्। नेपाली राजदूत धनप्रसाद पण्डितले टेलिफोन मार्फत पुष्टि गरे कि “विपिन जोशी जीवित छैनन् भन्ने दुःखद खबर औपचारिक रूपमा प्राप्त भएको छ। उनको शवबारे यकिन छैन।”

Advertisement

विपिनलाई हमास समूहले किबुज आलुमिमबाट ०८० असोज २३ मा अपहरण गरेको थियो। सोही वर्ष मंसिरसम्म उनी जीवित रहेको भिडियो सार्वजनिक भएको थियो। हमास समूहले आज आफ्नो कब्जामा रहेका २० जनालाई इजरायल सरकारलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ।

राजदूत पण्डितका अनुसार, इजरायली अधिकारीहरूले पहिलो मलाई जानकारी दिए, त्यसपछि परिवारजनलाई पनि जानकारी गराइएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)