हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

भद्रपुरमा खुकुरी प्रहार: दुई युवकको आक्रमणमा महिला गम्भीर घाइते

झापा। झापाको भद्रपुर नगरपालिका–१०, लेखनाथचोक पूर्वमा बुधबार दिउँसो अन्दाजी १२ बजेतिर खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन्।

Advertisement

स्थानीय मेकानिक इन्दलकी भान्जी सुरेखा माथि दुई जना युवकले आक्रमण गरेका हुन्। प्राप्त जानकारी अनुसार, एफजेड (FZ) मोटरसाइकलमा आएका दुई जना नचिनेका व्यक्तिले ती महिलालाई लक्षित गरी खुकुरी प्रहार गरेका थिए।

Advertisement

आक्रमणबाट बच्ने प्रयासमा सुरेखाको हातमा गहिरो चोट लागेको र हातको ठूलो भाग समेत काटिएको बताइएको छ। घटनापछि महिला चिच्याएपछि आसपासमा हल्ला मच्चिँदा आक्रमणकारीहरू मोटरसाइकलमा फरार भएका थिए।

गम्भीर घाइते सुरेखालाई तत्काल उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनासाथ प्रहरी टोलीले आक्रमणकारीहरूको खोजी सुरु गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)