झापा — झापाको बिर्तामोड नगरपालिका–५ मा मंगलबार साँझ कुटपिटका कारण एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार ३० वर्षीय जगन राजबंशीलाई स्थानीय एक व्यक्तिले झगडाको क्रममा कुटपिट गरेका थिए। गम्भीर घाइते भएका राजबंशीलाई आफन्तहरूले तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगेको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
प्रहरीले कुटपिटमा संलग्न व्यक्तिको पहिचान भइसकेको र उनीहरूलाई खोजी भइरहेको जनाएको छ।घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटाइएको प्रहरीले जनाएको छ।मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमै राखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















