समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

झापाको किशोरसहित दुई जना काठमाडौंमा पेस्तोलका गोलीसहित पक्राउ

झापा।काठमाडौंको नरेफाँट क्षेत्रबाट प्रहरीले दुई किशोरलाई पेस्तोलका गोलीसहित पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनासँग भदौ २४ गते प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बर्दियाको बढैया गाउँपालिका–३ का १७ वर्षीय अनिश गिरी र झापाको झिलझिलेका १६ वर्षीय सोनम थापा मगर शुक्रबार पक्राउ परेका हुन्।

विज्ञापन (Advertisement)Advertisement

सोधपुछका क्रममा अनिश गिरीले आफूले लाजिम्पाट क्षेत्रमा लुकाइराखेको पेस्तोलका तीन थान गोली देखाएको प्रहरीले बताएको छ। ती गोलीहरू ३११–२३ नम्बरको पेस्तोलमा प्रयोग हुने खालका हुन्।

गिरीको बयानका आधारमा प्रहरीले सोनम थापा मगरको मालिगाउँ, आनन्द भैरव मार्गस्थित डेरा खानतलासी गर्दा त्यही सिरियल नम्बरका दुई थान गोली र छालाको बेल्ट बक्कलको एक सेट फेला पारेको जनाएको छ।

दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त दरबारमार्गमा पठाइएको काठमाडौं उपत्यका प्रहरी परिसरले जानकारी दिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)