समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

झापाको गौरिगंजमा भीषण आगलागी, घर र पसल जलेर नष्ट

झापा । झापाको गौरिगंज गाउँपालिका–६, खजुरगाछी बजारमा शुक्रबार राति भीषण आगलागी भएको छ। आगलागीमा दुई तले एक घर र एक किराना पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

इप्रका गौरिगंजका अनुसार, मिति २०८२ साल कार्तिक १३ गते राति करिब १० बजे राजेन्द्र ढकालको इट्टाको गाह्रो र टिनको छानाबाट बनेको दुईतले घरमा विद्युत सर्ट भएर आगलागी सुरु भएको हो। आगो फैलँदै जाँदा घर छेउमा भाडामा बस्दै आएका चन्दर नायकको तीन कोठे टहरामा रहेको होलसेल किराना पसलसमेत जलेको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement)Advertisement

आगो नियन्त्रणका लागि इप्रका गौरिगंज र प्रस्तावित सीमा सुरक्षा पोस्टका प्रहरी टोलीसँगै गौरादह नगरपालिका, शिवसतासी नगरपालिका र कमल गाउँपालिकाका दमकलहरू परिचालन गरिएको थियो। स्थानीयबासीको सहयोगमा आगो मध्यरातसम्म पूर्ण रूपमा नियन्त्रणमा लिन सकिएको प्रहरीले जनाएको छ।

घटनामा कुनै मानवीय वा चौपाय क्षति नभए पनि घरभित्र रहेका सबै सामान जलेर नष्ट भएका छन्। अन्य आर्थिक क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)