समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

झापामा सवारी दुर्घटनापछि उपचारपछि घरमा मृत्यु, मोटरसाइकल चालक कारागारमा

झापा– मेचिनगर–७ स्थित भित्री सडक खण्डमा साइक्लिङ गर्दै आएका ६० वर्षीय क्षितिज राजवंशीमाथि गत जेठ २५ गते साँझ ९:४५ बजे मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।

घाइते राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित वी.एण्ड.सि अस्पताल लगिएको थियो। उपचारपछि उनलाई डिस्चार्ज गरिएको थियो। तर, गत साउन २१ गते अपराह्न १:३० बजे घरमै उनको मृत्यु भएको छ।

विज्ञापन (Advertisement)Advertisement

घटनाको अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन ईप्रका काँकरभिट्टाबाट प्रहरी टोली खटिएको छ। मोटरसाइकल चालक, ४० वर्षीय काल्टु राजवंशी, अंगभंग कसुरमा हाल कारागारमै रहेका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)