कृषि
हल्दिबारी संवाददाता ८ महिना अगाडि

हल्दीबारी : भेलागढी सामुदायिक वनको आठौँ परिषद् भेला सम्पन्न

भेलागढी सामुदायिक वनको आठौँ परिषद् भेला सम्पन्न

हल्दीबारी : भेलागढी सामुदायिक वन उपभोक्ता समूहको आठौँ परिषद् भेला गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यता तथा समूहका अध्यक्ष पुण्यप्रसाद लम्सालको सभापतित्वमा सम्पन्न भएको छ।

विज्ञापन (Advertisement)Advertisement

शहीद स्मृति भेलागढी पार्कस्थित सभा हलमा आयोजित भेलामा अध्यक्ष लिङ्देन, वडा नं २ का अध्यक्ष शुकलसाल राजवंशी, भद्रपुर–७ का वडा सदस्य तुलसी पोखरेल, सिमसार व्यवस्थापन समिति सदस्य एवं वडा सदस्य रचना कुलुङ, समूहका पूर्व अध्यक्ष नारायण प्रसाद लुइटेल, वडा नं १ का अध्यक्ष देवीबहादुर थापा, वडा सदस्य प्रकाश कार्की, सञ्चारकर्मी तथा अन्य उपभोक्ता र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा समूहका अध्यक्ष पुण्यप्रसाद लम्सालले अध्यक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सावित्रा दाहालले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। स्वागत उपाध्यक्ष हिमा लम्साल पराजुलीले गर्नुभएको थियो।

भेलामा प्रस्तुत प्रतिवेदन अनुसार ९१.५३ हेक्टर क्षेत्रफलमा फैलिएको यो वन २०५३ सालमा सामुदायिक वनको रूपमा रूपान्तरण गरिएको थियो र हाल १५३२ घरधुरी उपभोक्तासहित सञ्चालन भइरहेको छ। यस वनमा हल्दीबारी–२, भद्रपुर–७ र १०, बिर्तामोड–८ र ९ का केही भूभाग समावेश छन्।

पूर्वकै पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको स्मृति भेलागढी पार्कमा वार्षिक करिब एक लाखभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको जानकारी समूहका सचिव तथा कार्यक्रम सहजकर्ता खगेन् राजवंशीले दिनुभयो।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)