झापा जिल्लाको कन्काई नगरपालिका–३ नयाँ बस्तीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

मिति २०८२ साल कात्तिक २४ गते राति करिब ९ः१० बजे सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्रदेश–१–०२–०५८ प ५०६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश–१–०१–०१५ प ४२१० नम्बरको अर्को मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ३३ वर्षीय दिपक सिटौला, कन्काई नगरपालिका–३ निवासी,लाई उपचारका लागि बि एण्ड सी अस्पताल बिर्तामोड पुर्‍याइएको थियो । तर चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषित गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अर्का मोटरसाइकल चालक, कन्काई नगरपालिका–६ निवासी २३ वर्षीय नितेश बस्नेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा आवश्यक अनुसन्धानका लागि राखिएको छ ।

मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रदेशीय मेची अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार