समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

इटहरीमा लागू औषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ

सुनसरीको इटहरी–१२ मा ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक फार्मेसी सञ्चालक दम्पती पक्राउ परेका छन्।

फार्मेसीबाट अवैध रूपमा औषधि बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त टोलीले उनीहरूले बसोबास गर्दै आएको घरमा खानतलासी गर्दा ठूलो परिमाणमा औषधि बरामद भएको हो।

विज्ञापन (Advertisement)Advertisement

इटहरी–१२ का नसिव फार्मेसीका सञ्चालक ५० वर्षीय नसिव नारायण चौधरीको घरमा गरिएको खानतलासीमा प्लास्टिकको बोराभित्र लुकाइ–छिपाइ राखिएको प्रतिबन्धित औषधि ट्रामाडोल १९ हजार ८०० क्याप्सुल तथा नियन्त्रित औषधि डिकोलिक ४ हजार ट्याब्लेट फेला परेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उक्त परिमाणको लागू औषध बरामद भएपछि चौधरीसहित उनकी श्रीमती सम्झना चौधरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइइरहेको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)