झापा ।बढ्दो चिसोलाई लक्षित गर्दै मेची महाकाली बुहारी संयुक्त आवाजले मेचिनगर–१५ ग्वालबस्तीस्थित मेचीपारीको गाउँमा रहेको श्री मेची प्राथमिक विद्यालयका १२ जना बिपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।

संस्थाले विद्यार्थीलाई १२ सेट स्वेटर, टोपी र जुत्ता -मोजा प्रदान गर्नुका साथै विद्यालयलाई दुई थान म्याट सहयोग गरेको हो।
वितरण कार्यक्रममा संस्थाकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले, झापा जिल्ला संयोजक गङ्गा भट्टराई, सह–संयोजक रोशनी खनाल अधिकारी, सह–सचिव आर्जु खतिवडा तथा सदस्य चन्दा उप्रेती र मनिषा ढुङ्गेलको उपस्थिति थियो। कार्यक्रम सह–संयोजक रोशनी खनाल अधिकारीले सञ्चालन गरेकी थिइन्।

सो अवसरमा झापा जिल्ला संयोजक गङ्गा भट्टराईले आफ्नो जन्मदिन विद्यार्थीहरूमाझ केक काटेर मनाएकी थिइन्। विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा प्रधानाध्यापक लोकेन्द्र थपलियाले मेची पारिबाट पैदल हिँडेर आएर सहयोग पुर्‍याएकोप्रति संस्थाप्रति धन्यवाद व्यक्त गर्दै प्रशंसा गरे।

कार्यक्रमबाट विद्यार्थीहरूले न्यानो टोपी, स्वेटर र मोजा प्राप्त गरेका छन् भने विद्यालयले दुई थान म्याट पाएको छ। बढ्दो चिसोमा बिपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरिएकोप्रति अभिभावकहरूले पनि सकारात्मक प्रतिक्रिया जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार