क्वालालम्पुर । नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट चोलाकान्त पंगेनी सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन समितिका अध्यक्ष पंगेनीको सभाअध्यक्षतामा भएको थियो। कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुरका प्रथम सचिव सुसिल घिमिरे विशिष्ट अतिथि रहनुभएको थियो भने विशेष अतिथिका रूपमा बिनोद थापा उपस्थित हुनुहुन्थ्यो।
अधिवेशनमा प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय संयोजक हरि भट्टराई, एनआरएनए मलेसियाका अध्यक्ष इन्द्रनारायण लिम्बु, राकेश महतो लगायत मलेसियामा क्रियाशील विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा कमलप्रसाद गौतम चयन हुनुभएको छ। उपाध्यक्षहरूमा टेकबहादुर टमटा, हरिप्रसाद कोइराला, गणेशबहादुर राउत, सन्तोष पौडेल, ज्ञानेन्द्रबहादुर सिंह र डम्बर ओखडा रहनुभएको छ।
त्यस्तै, महामन्त्रीमा सरोज दाहाल र मिलन दोङ तामाङ चयन हुनुभएको छ। सह–महामन्त्रीमा तिलकचन्द ठकुरी, रामकुमार यादव र देवराज घिमिरे रहनुभएको छ भने कोषाध्यक्षमा इन्द्रप्रकाश भण्डारी चयन हुनुभएको छ।
सदस्यहरूमा दीपक अधिकारी, राकेश गह मगर, यज्ञकुमार राई, घनश्याम चौधरी, रमेश भण्डारी, पुष्कर खड्का, इन्दु बस्नेत, छेवाङ लामा, मछिन्द्रनाथ चापागाईं, गणेश बिष्ट र राजकुमार कटुवाल चयन हुनुभएको छ।
अधिवेशनले प्रवासमा रहेका नेपालीहरूको हकहित, संगठन सुदृढीकरण तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा समिति अझ सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार