हल्दीवारी, पुस २१: हल्दीवारी गाउँपालिकाले पुस १६ देखि २१ सम्म आयोजित स्काउट आधारभूत तालिम (६२० औं बि.टि.सी र ४५९ औं पि.टि.सी.) सफलतापूर्वक सम्पन्न गरेको छ।

तालिमको समापन समारोह हल्दीवारी गाउँपालिका वडा-४ का वडा अध्यक्ष र तालिम संयोजक सन्तकुमार थापाको अध्यक्षतामा भएको थियो। समापन समारोहमा प्रमुख अतिथि स्थानीय स्काउट संरक्षक र गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, बिशिष्ट अतिथि स्थानीय प्रमुख स्काउट लक्ष्मी देवी मैनाली, प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, वडा जनप्रतिनिधि तथा विभिन्न अधिकारीहरूको उपस्थिति रहेको थियो।

तालिम हल्दीवारी-३ स्थित श्री चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो। यस तालिममा ४१ जना शिक्षकहरूले सहभागिता जनाएका थिए।

महिला सहायक राष्ट्रिय प्रशिक्षक शिवानी देवान र पुरुष सहायक प्रशिक्षक नारायण श्रेष्ठ तालिमका कोर्स लिडरको रूपमा कार्यरत थिए।

तालिमको प्रमुख उद्देश्य शिक्षकहरूको नेतृत्व क्षमता र समाजसेवा भावना विकास गर्नु थियो। समापन समारोहका अवसरमा, प्रमुख अतिथिहरूले स्काउट तालिमको महत्त्व र यसको सामाजिक योगदानका बारेमा विचार व्यक्त गरे।

गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले भने, “स्काउट तालिमले युवा र शिक्षक दुवैमा अनुशासन र सेवा भावना विकसीत गर्ने महत्वपूर्ण भूमिका खेल्दछ।” समारोहमा सहभागी अन्य बिशिष्ट अतिथिहरूले पनि स्काउट तालिमको प्रभाव र यसका दीर्घकालीन फाइदाहरूको बारेमा चर्चा गरे।
समाजमा सकारात्मक प्रभाव यस तालिमले शिक्षकहरूलाई नयाँ सीप र नेतृत्व क्षमता विकासमा मद्दत पुग्दै आयोजित विद्यालयका प्रिन्सिपल दुर्गा गौतमले बताउनुभयो । उहाँका अनुसार यस तालिमले भविष्यमा स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार