दमक। झापाको दमक नगरपालिका–८ स्थित कञ्चनजङ्घा होटलबाट लागू औषधको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पुस २१ गते दिउँसो करिब १ बजे उक्त होटलको कोठा नम्बर ८ मा लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले छापा मारेको थियो।

छापा मार्ने क्रममा कोठामा रहेका मोरङको मिक्लाजुङ गाउँपालिका–३ बस्ने १९ वर्षीया मनिका राई, झापाको दमक नगरपालिका–१ बस्ने २६ वर्षीय सुरज कुमाल र सोही स्थानका ३१ वर्षीय कृष्णबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट विभिन्न दरको नगद रकम ३३ हजार रुपैयाँ तथा प्लास्टिक बाहेक ६ ग्राम ७८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागू औषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार