हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

झापामा जङ्गली हात्ती मृत फेला

झापा — झापाको बुद्धशान्ति गाउँपालिका–३ डाँडा गाउँस्थित लालबहादुर रसाइलीको खेतमा एक वटा जङ्गली भाले हात्ती मृत अवस्थामा फेला परेको छ। हात्ती के कारणले मरेको हो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारे, झापाबाट प्रहरी सहायक निरीक्षक गेहतनाथ तिम्सिनाको कमाण्डमा टोली खटिएको थियो। प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी आवश्यक प्रारम्भिक अनुसन्धान थालेको छ।
यसैबीच डिभिजन वन कार्यालय भद्रपुर, झापालाई घटनाबारे जानकारी गराइएको छ। वन कार्यालयको टोली घटनास्थलमा पुगेर मुचुल्का गर्ने तयारीमा रहेको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
हात्तीको मृत्युको वास्तविक कारण पत्ता लगाउन वन र प्रहरीको संयुक्त अनुसन्धान जारी रहेको छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)