हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

हल्दीबारी गाउँपालिका–४ द्वारा किसानलाई कृषि औजार वितरण

हल्दीबारी । हल्दीबारी गाउँपालिका वडा नम्बर ४ ले किसानहरूलाई आवश्यक पर्ने कृषि औजारहरू आज एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ।
वडा अध्यक्ष सन्त कुमार थापाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा किसानहरूलाई ५० प्रतिशत लागत साझेदारीमा विभिन्न कृषि औजार वितरण गरिएको हो।
वडाको सिलिङ बजेट र किसानहरूको लागत साझेदारीमा स्प्रे ट्याङ्की ३६ जना किसानलाई, मकै रोप्ने मेसिन ३६ थान, विल ब्यारो ४२ थान, फलामे हलो ३० थान तथा झार तान्ने (घर तान्ने) मेसिन १८ जना किसानलाई वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
वडा सचिव टिकाराम ढकालका अनुसार वडा र किसानहरूको लागत साझेदारीमा करिब ५ लाख रुपैयाँ बराबरका कृषि सामग्रीहरू टेन्डर प्रक्रियामार्फत खरिद गरी वितरण गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि लक्ष्मी देवी मैनाली, वडा अध्यक्ष सन्त कुमार थापालगायतले किसानको उत्पादनशीलता वृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने भन्दै मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा कार्यक्रमको औचित्यमाथि वडा सदस्य सुनिल बाराकोटीले प्रकाश पार्नुभएको थियो भने वडा सदस्य शान्ता देवी विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण वडा सचिव टिकाराम ढकालले गर्नुभएको थियो।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)