समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

हल्दीबारी गाउँपालिकामा ३०४ औं पृथ्वी जयन्ती धूमधामका साथ मनाइयो

हल्दीबारी, २७ पुष : हल्दीबारी गाउँपालिकामा ३०४ औं पृथ्वी जयन्तीका अवसरमा दीप प्रज्वलन गर्दै पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरी समारोह सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैले पृथ्वीनारायण शाहको योगदानको मूल्याङ्कन गर्दै उहाँको समर्पण र कर्तव्यनिष्ठा लाई उच्च सम्मान दिएका थिए।
कार्यक्रममा अध्यक्ष लिङ्देनले पृथ्वीनारायण शाहको नेपाल एकता अभियानका क्रममा गरेको योगदानको चर्चा गर्दै भने, “आज हामी जसरी स्वतन्त्र र अखण्ड नेपालमा बाँचिरहेका छौँ, त्यो पृथ्वीनारायण शाहको अद्वितीय नेतृत्वको परिणाम हो। उहाँको योगदानको मूल्याङ्कन गर्दै हामी सबैले उहाँको प्रेरणादायी कार्यहरूको अनुसरण गर्नुपर्छ।” भन्ने विचार राख्नुभएको थियो।

विज्ञापन (Advertisement)Advertisement

कार्यक्रममा नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटा, गाउँपालिका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष देवीबहादुर थापा लगायतले पनि मन्तव्य राख्नुभएको थियो ।

विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, गाउँपालिका जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक, कर्मचारी, स्थानीयवासी, प्रहरी, सञ्चारकर्मी र अन्य समाजसेवीहरूको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

समारोहमा उपस्थित सबैले पालिकामा राखिएको पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै दीप प्रज्वलन गरि खुसी साटासाट गरेका थिए।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)