समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

बुद्धशान्ति गाउँपालिका–नोबेल मेडिकल कलेजबीच उपचार सहुलियत सम्झौता

झापा । बुद्धशान्ति गाउँपालिका र नोबेल मेडिकल कलेज अस्पताल, विराटनगरबीच गाउँपालिकाका नागरिकलाई स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने एक वर्षे सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार बुद्धशान्ति गाउँपालिकाका नागरिकले स्वास्थ्य बीमाको रकम समाप्त भएपछि नोबेल मेडिकल कलेजमा थप उपचार गराउँदा २५ प्रतिशत छुट पाउनेछन्। यो सुविधा सम्झौताको मितिदेखि आगामी एक वर्षसम्म लागू हुनेछ।
सम्झौतामा गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानी खतिवडा र प्रमुख प्रशासकीय अधिकृत मनोज साहले अस्पताल प्रशासनसँग हस्ताक्षर गरेका छन्।
गाउँपालिकाले यस पहललाई स्थानीय नागरिकको उपचार पहुँच सहज बनाउने महत्वपूर्ण कदमका रूपमा उल्लेख गर्दै नोबेल मेडिकल कलेज अस्पताल विराटनगरका सञ्चालक सुनिलकुमार शर्माप्रति आभार व्यक्त गरेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)