समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

झापाको गौरादहमा सवारी दुर्घटनामा १ जनाको मृत्यु, ८ जना घाइते


गौरादह, माघ १९ । झापाको गौरादह नगरपालिका ४ स्थित रामचन्द्रे खोलाको पुलमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। दुर्घटना आज राति ७:२० बजे भएको हो।

गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र.न.१-०१-००१ त.९७२० नम्बरको ट्याक्टर अनियन्त्रित भइ पुलबाट खोलामा झर्‍यो। दुर्घटनामा ट्याक्टरमा सवार ९ जनामध्ये १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि निम्स अस्पताल, दमकमा ल्याइएको छ।

विज्ञापन (Advertisement)Advertisement

मृतकको पहिचान स्वस्तिका मर्डी (उमेर ३८, जिल्ला मोरङ, रतुवामाई नगरपालिका-८)का रूपमा भएको छ। चिकित्सकहरूले उनलाई उपचारको क्रममा मृत घोषणा गरेका छन्।

घाइते हुनेमा निम्न व्यक्तिहरू रहेका छन्: १) मुनीमती सतार (उमेर ५०, रतुवामाई नगरपालिका-८) – टाउको र चिउडोमा चोट, बोल्न सक्ने अवस्थामा, उपचार भइरहेको छ। २) सन्तोषी किस्कु (उमेर १५, रतुवामाई नगरपालिका-५) – बाया घुँडामा सामान्य चोट, अवस्था सामान्य। ३) एतोबार मुर्मु (उमेर ६०, रतुवामाई नगरपालिका-५) – बाहिरी चोट नदेखिएको, भित्री शरीरमा दुखाइ। ४) बिनिता मर्डी (उमेर २३, रतुवामाई नगरपालिका-८) – हात र खुट्टामा सामान्य चोट। ५) सरिता मर्डी (उमेर २०, रतुवामाई नगरपालिका-५) – हात र खुट्टामा सामान्य चोट। ६) गंगाराम मर्डी (उमेर ३, रतुवामाई नगरपालिका-५) – बाहिरी चोट नदेखिएको, भित्री शरीरमा दुखाइ, सामान्य अवस्था। ७) मेलिना मर्डी (उमेर ८, रतुवामाई नगरपालिका-५) – हात र खुट्टामा सामान्य चोट। ८) शिला मर्डी (उमेर ३०, सुनबर्षी नगरपालिका-२) – हात र खुट्टामा सामान्य चोट।

प्रहरी टोलीले घटनास्थलबाट ट्याक्टर चालक चमलाल मुर्मु (उमेर २५, रतुवामाई नगरपालिका-५)लाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। ट्याक्टर घटनास्थलमै रहेको बताइएको छ।

घाइते अन्य व्यक्तिहरूको उपचार कार्य जारी रहेको छ र थप विवरणहरू आगामी रिपोर्टमा सार्वजनिक गरिने छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)