समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

झापामा अवैध गोलिया काठसहित एक व्यक्ति पक्राउ

झापा, माघ २० । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित रतुवामाई वृक्षरोपण आयोजना क्षेत्रबाट अवैध रूपमा गोलिया काठ चोरी गरी लैजाँदै गरेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सोमबार राति करिब ९:५० बजे गोप्य सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा रतुवामाई वृक्षरोपण आयोजना कम्पार्ट नम्बर–१, माईधार क्षेत्रबाट टिक (रङ) जातका गोलिया काठ बोकेर लैजाँदै गरेको अवस्थामा शिवसताक्षी नगरपालिका–७, बैङडाँडा निवासी ३२ वर्षीय प्रकाश योङहाङ पक्राउ परेका हुन्।
रतुवामाई वृक्षरोपण आयोजना केर्खाका कर्मचारी र अस्थायी प्रहरी पोष्ट माईधारबाट खटिएको संयुक्त टोलीले दुईवटा साइकलमा लोड गरिँदै गरेको करिब १५ क्युबिक फिट परिमाणका ६ वटा टुना गोलिया काठसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्ति, बरामद गोलिया काठ तथा दुईवटा साइकल आवश्यक कारबाहीका लागि रतुवामाई वृक्षरोपण आयोजना केर्खाका रेन्जर राजेन्द्र साहको जिम्मा लगाई पठाइएको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)