हल्दीबारी गाउँपालिका वडा नं. ३ स्थित स्वर्गद्वारी शुरेश्वर शिव मन्दिर परिसरमा श्रीमद् भविष्य पुराण तथा धन–धान्याञ्चल साप्ताहिक वैदिक ज्ञान महायज्ञ आजदेखि विधिवत रूपमा सुरु भएको छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बोहराको अध्यक्षता तथा भारत निवासी सामाजिक व्यक्तित्व नेत्रराज थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि सहित अतिथिजनले समुद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि थापा, कार्यक्रमका अध्यक्ष एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बोहरा, वडा नं. ३ का वडा अध्यक्ष विष्णुप्रसाद ओली, स्थानीय सामाजिक व्यक्तित्व धनबहादुर सावा लगायतले मन्तव्य राख्नुभएको थियो।

फागुन ४ गतेसम्म सञ्चालन हुने उक्त पुराणमा मुख्यवाचकका रूपमा व्यासाचार्य ओमकार आनन्द रहनुभएको छ भने उपवाचकका रूपमा स्थानीय युवा पण्डित रोहित ढुङ्गाना रहनुभएको छ। उद्घाटन सत्रमा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष लालबहादुर कन्दङवाले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण समितिका सचिव अभिषेक खतिवडाले गर्नुभएको थियो।
पुराण उद्घाटनअघि सहभागीहरूले कलश यात्रा गरी धार्मिक कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए।

मन्दिरको अपुरा भौतिक निर्माण र धार्मिक स्थलको विकासका लागि आयोजना हुने यस महायज्ञ माघ २६ गते देखि फाल्गुन ४ गते सम्म सञ्चालन रह्ने आयोजकले जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार