हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

पाकिस्तान आर्मी टिम स्पिरिट प्रतियोगितामा नेपाली सेनालाई स्वर्ण पदक

काठमाण्डौं । मित्रराष्ट्र पाकिस्तानमा सम्पन्न नवौँ पाकिस्तान आर्मी टिम स्पिरिट (PATS) प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक जित्दै समग्रमा प्रथम स्थान हासिल गरेको छ।
१७ राष्ट्रका ३८ वटा अन्तर्राष्ट्रिय सैनिक टोलीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सेनाले उत्कृष्ट प्रदर्शन गर्दै अनुशासन, साहस र व्यावसायिक क्षमताको उच्च परिचय दिएको हो।

Advertisement


कठिन सैनिक अभ्यास, रणनीतिक दक्षता र टिमवर्कमा आधारित प्रतियोगितामा नेपाली सेनाले प्रतिस्पर्धी टोलीहरूलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको बताइएको छ। अन्तर्राष्ट्रिय स्तरको यस उपलब्धिलाई नेपाली सेनाको व्यावसायिक उत्कृष्टता र अन्तर्राष्ट्रिय प्रतिष्ठाको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

Advertisement


नेपाली सेनाको यस सफलताले देशको गौरव बढाएको भन्दै सैनिक तथा सुरक्षा क्षेत्रका विज्ञहरूले प्रशंसा गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)