बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका सहसचिव रामप्रसाद निरौलाले पत्रकार उपचार सहयोग कोषलाई ११ हजार रुपैयाँ सहयोग गरेका छन्। शुक्रबार चौतारीको बिर्तामोडस्थित कार्यालयमा आयोजित कार्यक्रममा उनले उक्त रकम हस्तान्तरण गरेका हुन्।
जन्मदिनको अवसर पारेर निरौलाले चौतारी झापाद्वारा स्थापित उपचार कोषमा सहयोग उपलब्ध गराएका हुन्। उनले स्वर्गीय आमा हेमकला निरौलाको स्मृतिमा कोषलाई सहयोग गरेको जानकारी दिए।
हरेक वर्ष जन्मदिनलाई विशेष बनाउँदै आएका निरौलाले उपचार कोषका संयोजक भीमा शिवाकोटी र चौतारी झापाका अध्यक्ष प्रदीप परियारलाई रकम हस्तान्तरण गरेका थिए। सहयोग हस्तान्तरण गर्दै उनले कोष वृद्धिका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले जन्मदिनको शुभकामना दिँदै कोषमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे। त्यसैगरी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सह–इन्चार्ज गोपाल काफ्लेले पनि निरौलाको पहलको प्रशंसा गरे।
कार्यक्रममा पत्रकार महासंघ झापाका सहसचिव रमेश तिवारी, प्रेस चौतारी झापाकी उपाध्यक्ष सुनिरा मैनाली तथा सदस्य अस्मिता साँखीको उपस्थिति रहेको थियो।
उपचार कोषका संयोजक शिवाकोटीका अनुसार वर्तमान कार्यसमितिले कोषमा १५ लाख रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको छ। हालसम्म कोषमा ८ लाख रुपैयाँ संकलन भइसकेको उनले जानकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार