दमक, १ फागुन । नेकपा एमाले ले आजदेखि झापाको निर्वाचन क्षेत्र नम्बर ५ का सबै घरघरमा पुगेर मतदाताका सुझाव र समस्या बुझ्न व्यापक अभियान सुरु गरेको छ। निर्वाचन परिचालन समितिका संयोजक तथा केन्द्रिय सदस्य देवेन्द्र दाहालका अनुसार यस भेटघाटको उद्देश्य मतदातासँग प्रत्यक्ष संवाद गरेर पार्टीसँग जोड्नु रहेको छ।
भेटघाटमा पार्टीका केन्द्रिय पदाधिकारी, केन्द्रिय सदस्य, प्रदेश, जिल्ला तथा क्षेत्रीय कमिटीका पदाधिकारी र स्थानीय टोल समितिमा आवद्ध कार्यकर्ता सहभागी भएका छन्। प्रत्येक घरमा पुगेर मतदातासँग छलफल गरिएको र आउने सुझावलाई पार्टीको भूमिकामा समेटिने बताइएको छ।
निर्वाचन क्षेत्रअन्तर्गतका २९ वडाका सबै टोलमा मतदानमा भाग लिन र केपी शर्मा ओली लाई बिजयी गराउन आग्रह गरिएको छ। दमक नगरपालिका–५ स्थित प्रशान्ति टोलमा भेटघाटमा सहभागी अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष लिला ढुङ्गेल दाहालले मतदातासँग उत्साहपूर्वक सुझाव साटासाट भइरहेको जानकारी दिइन्। उनले जनताबाट प्राप्त सुझावले अभियानलाई थप उत्साहित बनाएको उल्लेख गरे।
भेटघाटका क्रममा आगामी फागुन २१ गते हुने निर्वाचनमा देशको विकास र नेतृत्व सुनिश्चित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली लाई विजयी गराउने सन्देश लिएर अभियान अघि बढाइएको छ। आज मात्रै झण्डै ७० घरमा भेटघाट सम्पन्न भएको संयोजक दाहालले जानकारी दिनुभयो।
पार्टीको रणनीति अनुसार सम्पूर्ण वडाका टोल कमिटीबाट एउटै योजना लिएर हजारौँ कार्यकर्ता परिचालन भएका छन्। यस अभियानका कार्यकर्ताले सामाजिक सञ्जालमा फैलाइएका गलत सूचना र भ्रामक प्रचार चिर्न पनि सक्रियता देखाएका छन्। यसमार्फत समाजमा नकारात्मक सोच, विभाजन र भ्रम हटाएर भय रहित, सद्भावपूर्ण वातावरण कायम गर्ने उद्देश्य रहेको जनाइएको छ।
कार्यक्रममा सहभागीहरूले आफ्नो टोलमा कुनै पनि अस्वाभाविक गतिविधि वा भ्रामक प्रचार रोक्ने, समाजमा मित्रता र सद्भाव कायम राख्ने पनि अनुरोध गरेका छन्। अभियान केही दिनसम्म निरन्तर सञ्चालन हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार