-अभिषेक खतिवडा । मायाको अर्थ केवल शब्द, भावना वा आकर्षण मात्र होइन। माया भनेको आपसी विश्वास, सम्मान, त्याग र साथको समग्र रूप हो। साँचो माया त्यतिबेला प्रमाणित हुन्छ, जब खुशीमा मात्र होइन दुःख, असहजता र अप्ठ्यारो परिस्थितिमा पनि एकअर्काको हात नछोडी साथ दिइन्छ। मायामा मीठा कुरा मात्र होइन, जिम्मेवारी, धैर्यता र व्यवहारको निरन्तरता पनि उत्तिकै आवश्यक हुन्छ। आज एक प्रेमीले माया गरेर देखाउन सकेन भन्ने उस्को सम्बन्ध लामो जादैन।आजकल केही प्रेमी प्रेमिकाबीचको सम्बन्धलाई सामाजिक संजालमा प्रदर्शन गर्नै पर्ने घटनाहरू बढ्दै गएका छन्। धेरैजसोले वास्तविक माया भन्दा देखाउने लाई मात्र प्राथमिकता दिएका छन्। अरु केही नभए पनि आफ्नो माया प्रमाणित गर्न पोस्ट, फोटो वा स्टोरी मार्फत समाजमा देखाउने प्रवृत्ति बढेको छ। यसले प्रेमलाई सतही र प्रदर्शनमुखी बनाइरहेको छ। त्यसैले प्रणय दिवसलाई केवल फेसन वा प्रमाण प्रस्तुत गर्ने दिनको रूपमा होइन, साँचो साथ, विश्वास र समझदारीको स्मरण गर्ने दिनको रूपमा लिनुपर्छ। प्रेम भनेको केवल शब्द वा प्रदर्शन मात्र होइन, व्यवहार, सहयोग, विश्वास र सम्मानमा आधारित हुन्छ। साँचो माया समाजको दबाब वा देखावटी प्रदर्शनमा सीमित नभई, दैनिक जीवनमा निरन्तर अनुभव गर्नुपर्ने कुरा हो।

प्रणय दिवसको अर्थ प्रेम गर्ने व्यक्तिहरूबीचको सम्बन्धलाई सम्झिने, कदर गर्ने र अझ मजबुत बनाउने विशेष दिन हो। यो दिन केवल उपहार, फोटो वा बाहिरी प्रदर्शनका लागि मात्र होइन, सम्बन्धभित्रको भरोसा र प्रतिबद्धता नवीकरण गर्ने अवसरका रूपमा बुझिनु पर्छ।

“उ र म” भन्ने विषयमा हेर्दा, केवल दुई व्यक्तिको नाम जोडिँदैमा प्रेम सफल हुँदैन। मायामा साथ र माया दिदैमा मात्र पनि पर्याप्त नहुँदो रहेछ।लेखान्त, परिस्थिति, सोचाइको मेल र व्यवहार पनि प्रमुख कारण बन्छन्। सम्बन्ध टिकाउने कुरा भावनाभन्दा पनि आचरण र निरन्तर साथमा निर्भर हुन्छ।

आजभोलि प्रणय दिवस देखाउने चलनको रुपमा धेरै बढेको छ। सामाजिक सञ्जाल र बाहिरी प्रदर्शनले प्रेमलाई फेसन जस्तो बनाइरहेको देखिन्छ। तर साँचो प्रेम देखाउने वस्तु होइन,निभाउने प्रतिवद्धता हो। प्रणय दिवसको वास्तविक सन्देश यही हो कि उ र म मिलेर, प्रदर्शनभन्दा माथि उठेर, जीवनभर साथ दिने “हामी” बन्न सकौँ। माया सम्बन्ध अनुसार फरक–फरक रूपमा व्यक्त हुन्छ।आमाले गर्ने माया, हामीले आमालाई गर्ने माया, दिदी–बहिनी, साथी–भाइ तथा जीवनसँग जोडिएका हरेक सम्बन्धमा मायाको आफ्नै अर्थ र गहिराइ छ । यही विविधतालाई बुझ्न सक्नु नै सबैभन्दा ठूलो कुरा हो।यस प्रणय दिवसले हामीलाई माया देखाउने तरिका मात्र होइन, माया बुझ्ने हृदय पनि देओस्।कसैलाई नबिर्सिनु परोस्, कसैले नबिर्सिनु होस् ।

सम्मान, विश्वास र आत्मीयताले भरिएको हरेक सम्बन्ध सधैं मजबुत रहोस्।सबैमा प्रणय दिवसको अन्तरहृदयदेखि हार्दिक शुभकामना 🙏

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार