हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

वेस्ट इण्डिजले नेपाललाई पराजित गर्दै सुपर ८ मा स्थान बनायो

मुम्बई: वेस्ट इण्डिजले आफ्नो विजयको यात्रा जारी राख्दै आईसीसी टी२० वर्ल्ड कपको सुपर ८ चरणमा स्थान बनाउन सफल भएको छ।

Advertisement

आइतवार ग्रुप सी अन्तर्गत भएको खेलमा वेस्ट इण्डिजले नेपाललाई ९ विकेटले पराजित गर्दै सुपर ८ मा स्थान बनायो। यस जितसँगै वेस्ट इण्डिजले ३ खेलमा ६ अंक प्राप्त गर्दै ग्रुपको शीर्ष स्थानमा पहुँच ग¥यो। नेपाल भने तीनै खेलमा हार्दै पाँचौं स्थानमा रह्यो।

Advertisement

नेपालले वानखेड़े स्टेडियममा पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो। वेस्ट इण्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा १३४ रन बनाउँदै जित हासिल गर्यो। नेपालका दीपेन्द्र सिंह ऐरीले ४७ बलमा ५८ रनको महत्वपूर्ण पारी खेले, जबकि वेस्ट इण्डिजका कप्तान शे होपले अविजित ६१ रन बनाए।

नेपालको शीर्षक्रमको प्रदर्शन निराशाजनक रह्यो, र दीपेन्द्र ऐरी बाहेक अन्य ब्याट्सम्यानहरू संघर्षमा परे। वेस्ट इण्डिजका बलर जेसन होल्डरले उत्कृष्ट प्रदर्शन गर्दै २७ रन खर्च गरेर ४ विकेट लिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)