समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

भद्रपुर बसपार्कबाट मुखभित्र प्लाष्टिकमा पोको पारेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ

Pakrau

भद्रपुर, झापा । झापाको भद्रपुर बसपार्क क्षेत्रबाट प्रहरीले अवैध लागुऔषध ब्राउन सुगरसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार अपराह्न शङ्कास्पद अवस्थामा फेला परेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा उक्त प्रतिबन्धित लागुऔषध बरामद गरेको हो।
​पक्राउ पर्नेहरूमा झापाको बिर्तामोड नगरपालिका वडा नं. २ फूलबारी टोलका २१ वर्षीय प्रकाश तामाङ र वडा नं. ४ बिर्ताबजार बस्ने १९ वर्षीय मौसम तामाङ रहेका छन्। प्रहरीका अनुसार बसपार्क क्षेत्रमा हिँडिरहेका उनीहरूलाई शङ्का लागेर शरीर खानतलासी गर्दा १९ वर्षीय मौसम तामाङको मुखभित्र प्लाष्टिकको पोको पारी लुकाएर राखेको अवस्थामा ब्राउन सुगर फेला परेको थियो।
​बरामद गरिएको उक्त ब्राउन सुगर प्लाष्टिकसहित तौल गर्दा ६ ग्राम ७ मिलिग्राम र प्लाष्टिक बाहेक ५ ग्राम २२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। लागुऔषधसहित नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ। पछिल्लो समय प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषध विरुद्धको निगरानीलाई तीव्र पारेको छ।

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)