झापा । हल्दीबारी गाउँपालिका–२ का हावाहुरीपीडित ११ परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दीबारीले राहत सामग्री वितरण गरेको छ।

बिहीबार राति आएको हावाहुरीसहितको वर्षाले पूर्णरूपमा क्षति पुगेका तीन परिवारलाई रेडक्रसबाट प्राप्त हुने ‘राहत सेट’ तथा अन्य आठ परिवारलाई त्रिपाल वितरण गरिएको उपशाखाका सचिव कृष्ण प्रसाईंले जानकारी दिए।

हल्दीबारीमा हिजोको हावाहुरीका कारण दुईजनाको मृत्यु भएको छ। कति जनधनको क्षति भएको हो भन्नेबारे यकिन विवरण संकलन हुन बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले बताए।

गाउँपालिकाले हावाहुरीबाट प्रभावित परिवारलाई आवश्यक सहयोग गर्न क्षतिको लगत संकलन गरिरहेको जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको सहयोगमा उक्त राहत सामग्री वितरण गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार