काठमाडौं, चैत २ । प्रतिनिधिसभामा नेपाली कांग्रेसले समानुपातिक प्रणालीअन्तर्गत २० जना सांसद चयन गरेको छ। पार्टीले समावेशी कोटाअनुसार विभिन्न समुदायबाट सांसदहरूको नाम टुंगो लगाएको हो।

खसआर्य कोटाबाट ६ जना, आदिवासी जनजाति कोटाबाट ६ जना, मधेशी कोटाबाट ३ जना, दलित कोटाबाट ३ जना, थारू कोटाबाट १ जना र मुस्लिम कोटाबाट १ जना सांसद चयन गरिएको जनाइएको छ।

खसआर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही र अर्जुननरसिंह केसी चयन भएका छन्।

त्यस्तै आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बे चयन भएका छन्।
मधेशी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र चन्द्रमोहन यादव चयन भएका छन्।

दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली सांसद बनेका छन्।

त्यसैगरी थारू कोटाबाट प्रमिलाकुमारी गच्छदार र मुस्लिम कोटाबाट शाहजान खातुन चयन भएका छन्।

यस सूचीमा झापा जिल्लाबाट दुई जना प्रतिनिधित्व भएको छ। रीना उप्रेतीको माइतीघर साविक गरामुनी रहेको छ भने सुशीला ढकालको घर पनि गरामुनी नै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार