समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

हल्दीबारीमा रेडक्रसको पालिका स्तरीय तदर्थ समिति गठन

झापा । नेपाल रेडक्रस सोसाइटी को नयाँ विधानअनुसार झापा जिल्लाको हल्दीबारी गाउँपालिकामा पालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ।झापा रेडक्रस जिल्ला सदस्य तथा हल्दीबारी उपशाखा सभापति कणाखर प्रसाईको अध्यक्षतामा बसेको हल्दीबारी र जलथल उपशाखाको संयुक्त बैठकले रेम खरेलको संयोजकत्वमा सात सदस्यीय हल्दीबारी गाउँपालिका स्तरीय तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको हो।बैठकले हल्दीबारी गाउँपालिकाभित्र रहेका रेडक्रसका दुई उपशाखाबीच समन्वय गरी संयुक्त रूपमा अधिवेशन सम्पन्न गर्न समिति गठन गरिएको जनाएको छ। सो जानकारी रेडक्रस झापा जिल्ला कार्यसमिति सदस्य कणाखर प्रसाईले दिएका हुन्।गठित समितिको सचिवमा कृष्ण प्रसाई, कोषाध्यक्षमा सोम गौतम रहेका छन्। त्यस्तै सदस्यहरूमा नेत्रविक्रम बिमली, बलराम गिरी, मनकुमार शर्मा र सरिता न्यौपाने रहेका छन्।नेपाल रेडक्रस सोसाइटी को नयाँ विधानअनुसार वैशाख मसान्तभित्र वडा उपशाखा, पालिका शाखा र जिल्ला शाखाको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेकाले सोहीअनुसार झापा जिल्लाअन्तर्गत हल्दीबारी गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको जनाइएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)