गौरादह, झापा । झापाको गौरादह नगरपालिका–६ धोपा टोलमा गए राति चट्याङ लागेर भीषण आगलागी भएको छ। अविरल वर्षा र हावाहुरीसहित परेको चट्याङका कारण स्थानीय ५० वर्षीय अजय कुमार झाको घर र गोठमा क्षति पुगेको हो। राति करिब ११:३० बजेको समयमा परेको चट्याङले झाको टिनको छानो र बाँसको बेरा भएको एकतले भान्साघर तथा सोहीसँगै जोडिएको गोठ (ग्वाली) मा आगो सल्केको थियो।

​आगलागीबाट भान्साघर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरभित्र रहेका ग्यास सिलिण्डर, ८० केजी चामल, साइकल, विद्युत् मिटर, वाइफाइ राउटर, भाँडाकुँडा, अन्नपात र फर्निचर गरी ठूलो परिमाणमा धनमाल क्षति भएको प्रहरीले जनाएको छ। यस्तै, गोठभित्र रहेका ६ वटा बाख्रा (दुईवटा माउ र चारवटा पाठा) समेत जलेर मरेका छन्। प्रारम्भिक विवरण अनुसार यस आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल पूर्ण रूपमा नष्ट भएको छ।

​घटनामा कुनै मानवीय क्षति भने हुन नपाएको प्रहरीले उल्लेख गरेको छ। आगलागीको खबर प्राप्त हुनासाथ गौरादह नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगो निभाउने कार्य सुरु गरिएको थियो। सबैको सामूहिक प्रयासबाट आज बिहान १:०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। हावाहुरी र चट्याङका कारण जिल्लाका अन्य स्थानमा पनि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार