समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

जबरजस्ती करणी आरोपमा बिर्तामोडका व्यवसायी प्रदीप मित्तल पक्राउ

झापा, १६ चैत । झापाको मेचिनगरमा एक महिलामाथि जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन्। जिल्लाको बिर्तामोड नगरपालिका वडा नम्बर २ निवासी ६२ वर्षीय प्रदिप मित्तललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

​घटना विवरण अनुसार गत चैत ३ गते दिउँसो करिब १:१५ बजेको समयमा मेचिनगर नगरपालिका-१४ स्थित पाथिभरा टोलमा मित्तलले एक महिलालाई जबरजस्ती करणीको प्रयास गरेका थिए। आफूमाथि दुर्व्यवहार भएलगत्तै पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय धुलाबारीमा पुगेर जाहेरी दरखास्त दिएकी थिइन्।

विज्ञापन (Advertisement)Advertisement

​जाहेरी परेपछि प्रहरीले मित्तलको खोजी कार्य तीव्र पारेको थियो। प्रहरीको खोजी सूचीमा रहेका आरोपित मित्तल आज चैत १६ गते बिहान १०:१५ बजे आफैँ इलाका प्रहरी कार्यालय धुलाबारीमा उपस्थित भएका थिए। कार्यालयमा हाजिर भएसँगै प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको छ।

​पक्राउ परेका मित्तलमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम ‘जबरजस्ती करणी उद्योग’ को कसूरमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ। उनलाई आजै झापा जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धानका लागि ५ दिनको म्याद लिइएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप प्रमाण सङ्कलन र आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)