बाह्रदशी, झापा । झापाको बाह्रदशी गाउँपालिकामा करेन्ट लागेर एक महिलाको अकालमा मृत्यु भएको छ। बाह्रदशी गाउँपालिका वडा नम्बर–२ निवासी सुपोल बास्कीकी ३५ वर्षीया श्रीमती सुनिता बास्कीको आफ्नै घरमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

​घटना विवरण अनुसार चैत २६ गते बिहीबार अपराह्न ५ बजेको समयमा सुनिताले घरमा वाइफाइको प्लग जोड्ने प्रयास गरेकी थिइन्। सोही क्रममा अचानक नाङ्गो तारमा छुन पुग्दा उनलाई तीव्र गतिको विद्युत प्रवाह भई करेन्ट लागेको थियो। करेन्टका कारण गम्भीर घाइते भएकी उनको सोही स्थानमा नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

​घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। प्रहरीले सोही दिन साँझ ७:४० बजे घटनास्थलको मुचुल्कासहित सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेको थियो। मृतक सुनिता बास्कीको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। घरमा प्रयोग हुने विद्युतीय उपकरणहरू चलाउँदा सावधानी नअपनाउँदा यो दुखद घटना घटेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार