समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

झापामा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा इलामका श्रेष्ठको मृत्यु, चार घाइते

झापा, चैत २९ ।झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा आइतबार अपराह्न तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

चारआलीबाट बुधबारेतर्फ आउँदै गरेका दुईवटा र विपरीत दिशाबाट जाँदै गरेको अर्को एउटा मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

विज्ञापन (Advertisement)Advertisement

दुर्घटनामा परेर इलाम नगरपालिका–६ बस्ने अन्दाजी २५ वर्षीय भुपेन्द्र श्रेष्ठको ज्यां*न गएको छ । प्रदेश १-०१-०१२ प ७६३५ नम्बरको मोटरसाइकल चालक रहेका श्रेष्ठको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्‍याइए पनि चिकित्सकले बेलुकी ५:१० बजे मृत घोषणा गरेका प्रहरीले विज्ञप्ति मार्फत जनाएको छ।

दुर्घटनामा परेर अन्य दुईवटा मोटरसाइकलमा सवार चार जना घाइते भएका छन् । प्रदेश १-०२-०४१ प ८९८७ नम्बरको मोटरसाइकल चालक सुनसरी धरान–१५ का २७ वर्षीय मनी कुमार देवान र सोही मोटरसाइकलको पछाडि सवार इटहरी–५ का २७ वर्षीय अनिष बस्नेत घाइते छन् । देवानको अवस्था मध्यम र बस्नेतको अवस्था सामान्य छ ।


यस्तै, को ३१ प ९२९० नम्बरको मोटरसाइकलका चालक इटहरी–५ का २९ वर्षीय नन्दबहादुर मगर र पछाडि सवार इटहरी–१७ का २९ वर्षीय कमल मगर पनि घाइते भएका छन् । घाइते चारै जनाको बिर्तामोडस्थित स्पाइनक्स अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बुधबारेका अनुसार दुर्घटनामा परेका तीनवटै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)