अर्जुनधारा, झापा । यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफी अन्तर्गत सोमबार सम्पन्न खेलमा सारस्वती क्रिकेट एकेडेमीले हिमाबी क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै सहज जित दर्ता गरेको छ।

पहिले ब्याटिङ गरेको हिमाबी क्रिकेट क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रनको योगफल तयार पारेको थियो। टोलीका लागि प्रिन्स गुरागाईंले २० बलमा २८ रनको योगदान दिए। यस्तै कश्यप खनालले २१ बलमा २० रन र नयन लिम्बुले २७ बलमा १३ रन जोडे।

सारस्वतीका बलर आर्यन चौहानले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र २ रन खर्चेर ३ विकेट लिए। मन्दिप आचार्यले पनि ३ विकेट हात पारे भने कुश शाहले किफायती बलिङ गरे।

१०८ रनको लक्ष्य पछ्याएको सारस्वती क्रिकेट एकेडेमीले १७ ओभरमै ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। टोलीको जितमा निजल राईले २८ बलमा ३९ रनको महत्वपूर्ण इनिङ्स खेले। समिर भट्टराईले ४० बलमा ३५ रन र अन्जिल आचार्यले २६ बलमा २३ रनको योगदान दिए।

हिमाबीका बलर कश्यप खनाल, नयन लिम्बु र सोहन खटिवडाले समान १–१ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार